ट्रेन्डीङ्ग

लुम्बिनीमा नव नियुक्त युवा तथा खेलकुद मन्त्री पाण्डेद्वारा सपथ ग्रहण

बुटवल।लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको हो।

मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लिबहादुर चाैधरी, प्रदेशका मन्त्री तथा उच्च पदस्थ पदाधिकारीहरुको उपस्थितीमा मन्त्री पाण्डेले प्रदेश प्रमुखको कार्यालय बुटवलमा सोमवार सपथ ग्रहण गर्नु भएको छ ।

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार मन्त्रिपरिषद् बिस्तार गर्नु भएको थियो।खाली रहेको युवा तथा खेलकुद मन्त्रीमा लोसपाका संसदीय दलका नेता पाण्डेलाई नियुक्त गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal