ट्रेन्डीङ्ग

सरावलमा स्थानीय महिलाले जनप्रतिनिधिलाई बाँधेर मागे पानी

नवलपरासी।लामो समयसम्म वर्षा नहुनु र अत्यधिक गर्मीका कारण जलस्रोत सुकेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा अनौठो शैलीमा पानीको माग गरिएको छ।


सरावल गाउँपालिका-३ स्थित सरावल टोलका महिलाहरूले सामाजिक र धार्मिक परम्परा अनुसार गाउँपालिका अध्यक्ष सुखाडि प्रसाद चौधरी, उपाध्यक्ष बासमती हरिजन, वडा अध्यक्ष फिरंगी प्रसाद चौधरीलगायत वडाका जनप्रतिनिधिहरूलाई बाँधेर पानी माग गरेका हुन्।

स्थानीय मान्यता अनुसार यस्तो परम्परागत अभ्यासबाट देवी–देवताको कृपा प्राप्त हुने र वर्षा हुने विश्वास रहिआएको छ। महिलाहरूले पूजा, प्रार्थना गर्दै जनप्रतिनिधिहरूलाई बाँधेर वर्षाका लागि आग्रह गरेका थिए।

यसैबीच शुक्रबार साउन १० गते पश्चिम नवलपरासीका विभिन्न ठाउँमा वर्षा भएको छ। स्थानीय बासिन्दाले राहतले महसुस गरेका छन।स्थानीयले परम्परा अन्धविश्वास नभइ सांस्कृतिक आस्था र वातावरण प्रतिको सम्मान भएको बताएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal