
सुनवल।श्रीलङ्काको कोलम्बोमा जुलाई २ देखि ७ गतेसम्म आयोजित नवौँ दक्षिण एसियाली कराते प्रतियोगितामा सहभागी दुई नेपाली खेलाडीलाई लुम्बिनी चिनी उद्योगले सम्मान गरेको छ।
१८ वर्षमुनिको कुमुतेतर्फ सुनवलका आयुष सुनार र १४ वर्षमुनिको कातातर्फका सञ्जित कर्माचार्यलाई सम्मान गरिएको हो।खेलकुदमा युवा प्रतिभालाई प्रोत्साहन दिने उद्देश्यले सम्मान गरिएको चिनी उद्योगका प्रबन्ध निर्देशक टेकबहादुर पुनले जानकारी दिए।प्रतियोगितामा आयुष तेस्रो भएका थिए भने सन्जित सहभागी जनाएका थिए उनीहरुको नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुँदै विभिन्न प्रतियोगिता छनौट भएर श्रीलंका खेल्न गएका हुन्।
सम्मान कार्यक्रममा सुनवल नगरपालिकाका नगरप्रमुख बिमला अर्याल, अन्तर्राष्ट्रिय कराते रेफ्री ऋषि पौडेल तथा प्रशिक्षक कमला रानाले खेलकुदको महत्व र भविष्यमा यसले खेलाडीहरूको जीवनमा पार्ने प्रभावबारे धारणा व्यक्त गरेका थिए।उनहरूले खेलकुदलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा चिनी उद्योगका सिइओ केशव आचार्यले चिनी उद्योगले वातावरणीय प्रदूषणका विषयमा जनगुनासोलाई गम्भीरतापूर्वक लिएको र सुधारका उपायहरू अवलम्बन गरिरहेको जानकारी दिए।
सम्मान कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक व्यक्तित्वहरू, खेलकर्मी र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।