ट्रेन्डीङ्ग

विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा इश्वरी जिसी प्रथम, प्रिया काफ्ले दोस्रो

परासी।पश्चिम नवलपरासीमा सम्पन्न विद्यालयस्तरीय माध्यमिक (कक्षा ९-१२) तह वक्तृत्वकला प्रतियोगितामा ग्लोरियस एकेडेमीकी इश्वरी जिसी प्रथम भएकि छन।बुधबार परासीमा गणतन्त्र दिवसको अवसरमा ‘गणतन्त्रको सबलीकरणमा विद्यार्थीहरूको भूमिका’ शीर्षकमा शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला शिक्षा समिति नवलपरासीको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका १३ जना सहभागी थिए।रमवापुर माध्यमिक विद्यालयकी प्रिया काफ्लेले दोस्रो स्थान हासिल गरिन् भने लुम्बिनी माध्यमिक विद्यालयका एन्जल थापा तेस्रो भए। यस्तै, सालबास माध्यमिक विद्यालयका कस्तुप घिमिरेले सान्त्वना स्थान प्राप्त गरेको जिल्ला शिक्षा समिति सदस्य सुर्य प्रसाद न्यौपानेले जानकारी दिए।

प्रतियोगिताको समापनमा निर्णायकहरूले विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र र सम्मान प्रदान गरेका गरिएको थियो। शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख महेन्द्र सुवेदीको अध्यक्षतामा संचालित कार्यक्रममा सुमन गोपाल आचार्य, सुर्य प्रसाद न्यौपाने,पाल्ही बहुमुखी क्याम्पस प्रमुख एव कार्यक्रमका मूल्याङ्कनकर्ता दिपक अर्याल शिक्षक नवराज भण्डारी, समन्वय शाखा अधिकृत सुवाषचन्द्र गौतम लगायतले बोलेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?