ट्रेन्डीङ्ग

क्वाटरफाइनलमा वडा नं १३ को रोमाञ्चक जित

सुनवल।सुनवल नगरपालिका–७ गणेश बस्तीमा जारी आठौँ फुटवल प्रतियोगितामा वडा नम्बर १३ सेमीफाइनल प्रवेश गरेको छ।प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा वडा नं १३ ले वडा नं १० लाई पेनाल्टी सुटआउटमा ५ का बिरुद्द ४ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको आयोजक समितिका अध्यक्ष प्रकाश बारघरेले जानकारी दिए।

निर्धारित समयमा बराबरीमा सकिएपछि पेनाल्टीमा गएको थियो। आजको खेलमा वडा नं १३ का वेदनाथ भट्टराई(बिनोद)“म्यान अफ द म्याच” घोषित भए।

दोश्रो क्वाटरफाइनल खेल भोलि २९ गते वडा नम्बर ७ र २ बीच हुने आयोजक समितिका सचिव खडग रानाले जानकारी दिए।३० गते वडा नम्बर १२ र ३ बीच हुनेछ भने ३१ गते वडा नम्बर ६ र ८ बीचरोमान्चक प्रतिपर्धा हुनेछ। नगरका १३ वटा वडा र आयोजक २ टिमसहित कुल १४ टिमको सहभागिता रहेको प्रतियोगिता यही जेठ ४ गतेसम्म सञ्चालन हुनेछ ।

विजेता टिमले नगद १ लाख ५५ हजार रुपैयाँसहित र उपविजेता टिमले ९० हजार रुपैयाँ पाउनेछ। सेमिफाइनलमा पुग्ने दुई टिमलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन।त्यसैगरी, विधागत रूपमा उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र सर्वोत्कृष्ट खेलाडीलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?