
सरावल।नवलपरासी सेवा समाज युएईले सरावल गाउँपालिका–१ स्थित बसन्त माध्यमिक विद्यालयलाई अक्षयकोष स्थापनाका लागि नगद रु ५१,००० हस्तान्तरण गरेको छ।
युएईमा रोजगारीका क्रममा रहेका नवलपरासीवासीले स्थापना गरेको समाजले विद्यालयमा आयोजना गरिएको कार्यक्रममा उक्त सहयोग प्रदान गरेको हो।
समाजले स्थापना भएदेखि वृद्धाश्रम, जेहेन्दार तथा विपन्न विद्यार्थी, क्यान्सर र मृगौला पीडित, बाढीपीडित तथा विभिन्न विद्यालयहरूमा अक्षयकोष स्थापना गर्दै आएको छ।
कार्यक्रममा समाजकी उपाध्यक्ष कोपिला सापकोटाले संस्थाको स्थापना उद्देश्य, हालसम्मका सहयोग तथा गतिविधिबारे जानकारी दिइन्।
कार्यक्रम बसन्त माध्यमिक विद्यालयका अभिभावक संघका अध्यक्ष रण बहादुर सार्किको अध्यक्षतामा ,नवलपरासी सेवा समाज यु ए इ को संस्थापक दयाराम डुम्रेको प्रमुख आतिथ्यतामा अक्षयकोष हस्तान्तरण कार्यक्रममा नवलपरासी सेवा समाजका संस्थापक सदस्य इस्वरी प्रसाद न्यौपाने ,आजिवन सदस्य सिता सापकोटा, देवी भट्टराईको उपस्थित रहेकोे थियो ।