ट्रेन्डीङ्ग

वर्तमान शिक्षा प्रणालिका कारण विधार्थीहरु विदेशिन बाध्य:विधार्थी नेता विक

अनिल नेपाली
अर्घाखाँची ३ बैशाख । विप्लव नेकपा निकट अखिल क्रान्तिकारी गुल्मीको प्रथम भेला सम्पन्न भएको छ । प्रथम भेलाले विकल्प खत्रीको संयोजकत्वमा १३ सदस्यीय जिल्ला सम्मेलन समिति गठन गरेको छ ।

प्रथम भेलालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रिय नेता एवम् लुम्बिनी ब्युरो संयोजक बिरेन्द्र विकले वर्तमान शिक्षा प्रणालीले विधार्थी बिदेशी बाध्य भएको बताउनु भएको छ ।

विकले वर्तमान व्यवस्था रहे सम्म शिक्षा प्रणालीका कुनै सुधार आउन नसक्ने बताउदै यहि शिक्षा प्रणालि रहे सम्म विधाथी विदेशीन बाध्य हुने बताउदै वर्तमान शिक्षा प्रणालि राष्ट्रहित विपरित जनभावना विपरित पाढठ्यत्रम विपरीत भएको भन्दै सम्पूर्ण देशभक्त क्रान्तिकारी विद्यार्थीहरूलाई एकिकृत जनक्रान्तिको कार्यदिशा मार्फत् वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि संघर्ष गर्न अपिल गदै अहिलेको शिक्षालाई उत्पादन प्रणालीसंग जोडेर आत्मनिर्भर बनाउनका लागि आग्रह गदै असमान शिक्षा प्रणालीबाट समान स्तरमा प्रतिस्पर्धा गर्न नसकिने बताउदै युवा विद्यार्थीहरुलाई एकीकृत जनक्रान्तिमा समाहित गराउँदै व्यक्ति, समाज र देशलाई स्वाधीन र आत्मनिर्भर बनाउने तर्फ लागिरहेको बताएका थिए ।

कार्यक्रममा नेकपा गुल्मीका जिल्ला सचिव माहुरीले अहिले नेपालमा दुईखाले शिक्षा नीति रहेकोले समान शिक्षा बनाउनका लागि सरकारनै उदासीन रहेकोले विकासमा जस्तो प्रतिस्पर्धा गराउन नहुने शिक्षा नाफा मुलक नभई सेवन मुलक हुनुपर्ने बताउनु भएको थियोे । कार्यक्रममा अखिल (क्रान्तिकारी)अर्घाखाँचीका निवर्तमान अध्यक्ष नवीन खड्का दलित मुक्ति माेेचाका जिल्ला अध्यक्ष वसन्त गैरे लगायतले शुभकामना मन्तव्य राख्दै कार्यक्रम सफलताकाे शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा जनपत्रकार सगठनका केन्द्रीय सदस्य अनिल नेपाली, अखिल नेपाल किसान महासघका केन्द्रीय सदस्य विनाेद पोखरेल ,अखिल नेपाल टेड् युनियन महासघ क्रान्तिकारी जिल्ला अध्यक्ष तारा बस्नेत लगायतकाे उपस्थिति रहेको थियोे ।
कार्यक्रम विकल्प खत्रीको अध्यक्षता बाबुराम नेपालीले संचालन र राज खड्काको स्वागत मन्तव्य सगै सुरु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?