
काठमाडौं।नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि योग्य उम्मेदवार सिफारिस गर्न बनाइएको समितिका एक सदस्यले राजीनामा दिएका छन।समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका हुन।उनी राष्ट्र बैंककै पूर्वगभर्नर हुन् ।
गत फागुन २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो।
दुई जना सदस्यमा पूर्वगभर्नर भट्टराई र अर्थविद डा विश्व पौडेल थिए।महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल सकिएपछि चैत २४ यता गभर्नर पद रिक्त छ।
समिति गठन भएयता एक दिन पनि बैठक बसेको छैन।नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नरमा कुरा नमिलिरहेका बेला नयाँ नियुक्ति प्रक्रिया थप जटिल बनेको छ।