ट्रेन्डीङ्ग

पार्टी स्थापनाको अवसरमा एमाले नवलपरासीद्वारा ५१ जना सम्मानित

परासी।नेपाल कम्युनिस्ट पार्टी एमाले नवलपरासी पश्चिम जिल्ला कमिटिले ५१ जना नेता कार्यकर्तालाई सम्मान गरेकाे छ ।नेपाल कम्युनिस्ट पार्टीकाे ७६ ओै स्थापना दिवसकाे अवसरमा सम्मान गरिएकाे हाे।

नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनवल नगरपालिका मेयर बिमला अर्यालले एक कार्यक्रमकाे बिचमा पार्टी बिगत लामाे समयसम्म याेगदान पुयाएकाेलाई सम्मान गरेकी हुन।सम्मान गदै केन्द्रीय सदस्य अर्यालले जनताकाे समस्य सामाधान गर्ने एमाले नै भएको बताईन।उनले भनिन् सर्वहारा गरिबी निमुखाकाेे पार्टी एमाले नै हाे।पार्टीले गरेका राम्रो कामकाे जनस्तरमा प्रचारप्रसार गर्न नेताकार्यकर्तालाई आग्रह गरिन।

विगत कठिन परिस्थितिमा पार्टीको विकास तथा लाेकतान्त्रीक गणतन्त्र प्राप्तिकाे लागि पुर्याएको याेगदान उच्च मुल्यांकन गदै अग्रजलाई पार्टीले सम्मान गरिएकाे पार्टी जिल्ला अध्यक्ष दिपेन्द्रकुमार अधिकारीले जानकारी दिए।

विगत कठिन परिस्थितिमा पार्टीको विकास तथा लाेकतान्त्रीक गणतन्त्र प्राप्तिकाे लागि पु-याएकाे याेगदान उच्च मुल्यांकन गदै सम्मान गरिएकाे पार्टीका जिल्ला सचिव धिरज शर्मा बस्यालले जानकारी दिए।

सम्मान कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार खिमलाल पाेख्ररेल,पार्टीका केन्द्रीय स्कुल बिभागका सदस्य बद्री खनाल, सहसचिव राजन अर्चायले लगायतले धारणा राखेका थिए।

नेकपाको स्थापना १० वैशाख २००६ मा कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा भएको थियो।२०२८ सालमा झापा बिद्रोहबाट सशक्त आन्दोलनबाट २०३५ सालमा मालेबाट स्थापना भएकाे र माले हुँदै एमाले पार्टी भएकाे हाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal