ट्रेन्डीङ्ग

प्रतापपुरमा चितुवाको आक्रमणबाट ४ जना घाइते

प्रतापपुर।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-६ गुठीप्रसौनीमा चितुवाको आक्रमणबाट ४ जना घाइते भएका छन।

सुरुमा खेतमा काम गरिरहेका रघुवीर केवटलाई चितुवाले आक्रमण गरेको थियो । घटना देखेपछि स्थानीयले होहल्ला गरेर चितुवा भगाएका थिए । भाग्ने क्रममा थप तीन जना स्थानीयलाई पनि चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

केवटको टाउको, ढाड र हातमा चोट लागेको छ । अरू प्रतापपुर-६ का प्रेम कोइरी, उमालाल कोइरी र सुस्ता गाउँपालिका-५ का महमद मियाको सदरमुकामस्थित निजी क्लिनिकमा उपचार भइरहेको छ ।

बस्ती पसेर मानिस आक्रमण गर्ने चितुवाको खोजी कार्य भइरहेको वन कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal