
सुनवल।लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले नेपाल शिक्षक महासंघद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनप्रति ध्यानाकर्षण जनाउँदै समाधानका लागि संवाद र सहकार्यको बाटो रोज्न सरकारलाई आग्रह गरेका छन।
लुम्बिनी प्रदेश सभा सदस्य बस्नेतले एक विज्ञप्ति जारि गर्दै “गत चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलनले शिक्षा क्षेत्रमा देखिएको असन्तुष्टि सार्वजनिक भएको भन्दै शिक्षासम्बन्धी समस्याको दीर्घकालीन समाधानको खाँचो औंल्याएका छन।
“पेशागत हक,अधिकार र शिक्षा ऐनको माग गर्दै शिक्षकहरू आन्दोलनमा उत्रिन बाध्य हुनु दुःखद पक्ष हो,विज्ञप्तिमा बस्नेतले उल्लेख गरेका छन।शिक्षकहरूका मागहरू पेशागत,अधिकार र समृद्धिप्रति सम्बन्धित न्यायोचित र जायज रहेको उल्लेख गर्दै आन्दोलनलाई चाँडै अन्त्य गर्न सरकारलाई आवश्यक कदम चाल्न बस्नेतले आग्रह गरेका छन।
शिक्षक,विद्यार्थी र सम्पूर्ण शिक्षा क्षेत्रको हितमा सबै पक्ष मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भने,”हाम्रो साझा उद्देश्य शिक्षालाई सुदृढ र प्रभावकारी बनाउनु हो।”सरकार र आन्दोलनरत पक्षबीच संवादमार्फत समाधान निकाल्न सके मात्रै शैक्षिक वातावरणमा स्थायित्व र विश्वास कायम हुने सांसद बस्नेतले उल्लेख गरेका छन। विज्ञप्ति: