ट्रेन्डीङ्ग

मानव बेचबिखन मुद्दाका फरार अभियुक्त १२ वर्षपछि पक्राउ

सुनवल।पश्चिम नवलपरासी प्रहरीले मानव बेचबिखन मुद्दाका फरार अभियुक्तलाई १२ वर्षपछि पक्राउ गरेको छ।मानव बेचबिखन मुद्दामा फरार साबिक स्वाठी-५ हाल सुनवल-४ बस्ने रामु खड्का भनिने रामबहादुर खड्कालाई इलाका प्रहरी कार्यालय सुनवलले पक्राउ गरेको हो।

नवलपरासी जिल्ला अदालत परासीले २०६९ साल जेठ १६ गते खड्कालाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय र पचास हजार रुपैयाँ जरिवाना तोकेको थियो। तर, फैसला पछि उनी फरार भएका थिए।

प्रहरीले उनलाई बुधबार पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। अदालतको आदेशअनुसार फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला कारागार नवलपरासी पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एव प्रहरी उपरीक्षक बिर दत्त पन्थले जानकारी दिए ।प्रहरी अनुसन्धानअनुसार खड्काले नेपाली चेलीबेटीलाई विभिन्न बहाना बनाएर भारतका बजारमा बेचबिखन गर्ने गरेको पाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?