ट्रेन्डीङ्ग

पत्रकार हत्या र संचारगृह आक्रमणको विरोधमा महासंघद्वारा सरकारलाई ध्यानाकर्षण पत्र

पत्रकार हत्या र आक्रमणको विरोधमा महासंघद्वारा सरकारलाई ध्यानाकर्षण पत्र

परासी। गत चैत्र १५ गते राजावादी आन्दोलनका क्रममा पत्रकारकाे मृत्युसँगै विभिन्न सञ्चारमाध्यमहरूमा भौतिक क्षति भएपछि नेपाल पत्रकार महासंघ नवलपरासी शाखाले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

मंगलबार साेही क्रममा केन्द्रकाे निर्देशन अनुसार नेपाल पत्रकार महासंघ नवलपरासी पश्चिम शाखाले अध्यक्ष केशब पराजुलीको नेतृत्वको संचारकर्मीको टोलीले जिल्ला प्रसासन कार्यलयका प्रमुख प्रशासकिय अधिकृत अर्जुनप्रसाद रेग्मीलाई दिइएको सो ध्यानाकर्षण पत्र बुझाएको हो।संचारकर्मीहरुको टोलीले सो ध्यानाकर्षण पत्र बुझाउदै संघिय सरकारसंग उक्त पत्र पुर्याईदिन तथा न्यायका लागि पहल गरिदिन आग्रह गरिएको छ।

पत्रकार हत्या र आक्रमणको विरोधमा महासंघद्वारा सरकारलाई ध्यानाकर्षण पत्र

ध्यानाकर्षण पत्र बुझाउदै पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशब पराजुली

शुक्रबार भएको राजावादीहरूकाे हिंसात्मक प्रदर्शनमा आक्रमण हुँदा एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन पत्रकार सुरेश रजककाे मृत्यु भएको थियो । आन्दोलकै क्रममा अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँ तलामा आगो लगाउनुको साथै, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पुगेको थियो । त्यस्तै हिमालयन टेलिभिजनको सवारी साधनमा पनि तोडफोड भएको थियो । साथै पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको थियो भने फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको थियो।

महासंघले उक्त घटनामा संलग्न दोषीहरूलाई कडा कारबाही गर्न, पीडित पत्रकारहरूलाई न्याय दिलाउन र पत्रकार सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासंघले ध्यानाकर्षण पत्रमा प्रेस स्वतन्त्रताको रक्षा गर्न राज्य गम्भीर नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?