
परासी।पश्चिम नवलपरासीमा हरेक वर्ष क्षयरोगीको सङख्या बढ्दै गएको छ।जिल्लामा पछिल्लो दुई बर्षमा यता क्षयरोगबाट १३ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ। विश्व क्षयरोग दिवसका अवसरमा रामग्राम नगरपालिकामा आयोजित कार्यक्रममा तथ्यांक सार्वजानिक गरिएको थियो ।
दुई वर्ष अगाडि क्षयरोग पहिचान भएका उनीहरूको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।क्षयरोग लागेको ढिलो पहिचान भई उपचारको दायरामा आउन नसक्दा उनीहरूको मृत्यु भएको जनस्वास्थ्य अधिकृत जान मोहम्मद पठानले बताए । मृत्यु भएका सबै वृद्धअवस्थाका व्यक्ति रहेको पठानले जानकारी दिए।
जिल्लामा हरेक वर्ष क्षयरोगीको सङख्या बढ्दो छ।चालु आर्थिक बर्षमा गरिएको परिक्षनामा २ सय १ जना नयाँ क्षयरोगी भेटिए जसमध्ये सबैभन्दा धेरै रामग्राम नगरपालिकामा ४३ ,बर्दघाट नगरपालिकामा ४२,सुनवल नगरपालिकामा ३३,सरावल गाउँपालिकामा २७,पाल्हिनन्दन गाउँपालिकामा २४,प्रतापपुर गाउँपालिकामा १५ र सुस्ता गाउँपालिकामा १५ जना रोगी भेटिएका छन।उनीहरूले जिल्लाका विभिन्न ६१ स्थानमा रहेको डट्स केन्द्रबाट औषधि खाइरहेका छन । आर्थिक वर्ष २०७९८० मा ४ सय ७०, २०८०८१ मा ५ सय २० रोगी भेटिएका छन।
ढिलो गरेर रोगको परिक्षण गर्ने र पुरा समय औषधी सेवन नगरेर स्वास्थ्यकर्मीको सम्पर्कमा नआउने समस्या सीमावर्ती पालिकामा बढि देखिएको छ।जिल्लामा औषधि सेवन गर्दागर्दे बिचमै छाडेर १४ जना रोगी सम्पर्कविहीन भएको पनि स्वास्थ्य कार्यालयले जनाएको छ।