ट्रेन्डीङ्ग

समावेशी ग्रामीण विकास परियोजनाद्वारा कृषि यन्त्र हस्तान्तरण

आशा चौधरी बैशाख १ सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं.२ रजहवामा कृषि यन्त्र हस्तान्तरण गरिएको छ ।

सामाबेसी कृषि सहकारी संस्थाकाे अध्यक्ष इन्द्र कमल यादव काे अध्यक्षता तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापा भरतकाे प्रमुख आतिथ्यतामा कृषि यन्त्र हस्तान्तरण गरिएको हाे।

काेइकाकाे आर्थिक सहयाेग तथा गुड नेवर्स इन्टरनेसनलकाे प्राबिधिक सहयोग एवम् सहमतिकाे अायाेजनामा सन्चालित समावेशी ग्रामीण विकास परियोजना नवलपरासी अन्तर्गत स्थानीयद्वारा पहल परियोजनाबाट कम्वाइन हार्वेस्टर १ थान ,ट्रयाक्टर १ थान,लेन्ड रेजेर १ थान , पाेटेटाे हार्वेस्टर १ थान ,धन काट्ने मेसिन ३ थान ,पाेटेटाे पल्लान्टर १ थान,मिनि टिलर १ थान गरि कुल ६९ लाख ९७ हजार ५सय९५ रुपैयाँ पचिस पैसा बराबरको कृषि यन्त्र हस्तान्तरण गरिएको हाे ।

कृषि यन्त्र हस्तान्तरण गर्दै नगर प्रमुख थापाले कृषि उत्पादनमा बृद्धि हुदै कृषकहरुकाे जीवन उन्नति प्रगतिकाे शुभकामना दिनुभएको हाे।

कृषि यन्त्र हस्तान्तरण कार्यक्रममा सुनवल नगरपालिका उप प्रमुख ददिराम अर्याल , वडा नं.२ वडा अध्यक्ष राजेन्द्र यादव,सहमति परियोजनाका फोकल पर्सन भिम प्रसाद शर्मा ,गुड नेवर्स इन्टरनेसनल नेपालकाे टिम लिडर लाेक बहादुर थारु ,जिविकाेपार्जन बिज्ञ सुनिल दुलाल , सहकारीकाे सचिव यज्ञ पौडेल लगाएतले कृषि यन्त्र राम्रोसँग सदुपयोग गरि अार्थिक उन्नति र कृषि विकास गर्न सुझाव सहित शुभकामना ब्यक्त गर्नुभएको थियाे।

समावेशी ग्रामीण विकास परियोजना नवलपरासी पश्चिम र नवलपरासी पुर्वमा २ वटा नगरपालिका , ४ वटा गाउँपालिका र १३ वडामा सन्चालित रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?