ट्रेन्डीङ्ग

जनसेवा माविमा शिक्षक अभिभावक संघको अध्यक्षमा खनाल

सुनवल।जनसेवा माध्यामिक विद्यालय सुनवल-६ विसासयको शिक्षक अभिभावक संघको अध्यक्षमा केशबराज खनाल चयन भएका छन।

शनिबार सम्पन्न भेलाले अध्यक्षमा खनाल सहित सदस्यहरुमा क्रमश:माया पोखरेल,राधा भुसाल,राजन न्यौपाने,रमा न्यौपाने,सरिता श्रेष्ठ र अस्मिता ढकाल चयन गरेको विद्यालयका प्रधानाध्यापक पान प्रसाद श्रेष्ठले बताए।

त्यसैगरी भेलाले विद्यालयमा रिक्त रहेको विद्यालय ब्यवस्थापन समिति सदस्य पदमा अस्मिता पाण्डेय र दिनेश शर्मा पौडेललाई थप गरेको छ।

विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष सरिता पाण्डेय ढकालको अध्यक्षता तथा सुनवल नगरपालिका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद गोतामेको प्रमुख आतिथ्यता शनिबार सम्पन्न भेलामा र सुनवल नगरपालिका वार्ड न ६ का वार्ड अध्यक्ष हिमलाल शर्मा चापागाई,पुर्व बिब्य समितिका अध्यक्ष,सदस्य लगायत अभिभावकको उपस्थिति रहेको विद्यालयका सूचना अधिकारि शिक्षक चन्द्रकान्त पाठकले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?