
सुनवल । बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो सेमिफाइनलमा राइजिङ स्टार क्लब नवलपरासीले काक्रेबिहार फुटबल क्लब (सुर्खेत) सामना गर्ने भएको छ। कोहलपुरको तेह्र बिगाहा खेलमैदानमा राइजिङ स्टार र काक्रेबिहार साँझ ३ बजे आमनेसामने गर्नेछन्।
कोहलपुर रेसिङ साहारा क्लब (बाँके) ले आयोजना गरेको प्रतियोगितामा प्रथम हुने टोलीलाई आठ लाख र दोस्रो हुने टोलीलाई चार लाख नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
त्यसैगरी विधागत तर्फ म्यान अफ दि टुर्नामेन्टलाई ५१ हजार, बेस्ट कोच, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट फर्वाड र बेस्ट किपरलाई जनही १०-१० हजार तथा प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पाँच हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ।