ट्रेन्डीङ्ग

चापाकोटका प्रशासकिय अधिकृतलाई मेयर गिरीको दुव्र्यवहार

गोपिकृष्ण रेग्मी बैशाख ८ चापाकोट । स्याङ्जा चापाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धुर्व खनाललाई नगर प्रमुख शिव कुमार गिरिले दुव्र्यवहार गरेका छ्न ।

मेयर गिरि र प्रमुख प्रशासकिय अधिकृत चापाकोट वडा न.९ मा रहेको एक होटलमा खाना खानको लागि बसिरहेका बेला सामान्य भनाभन भयो अनि मेयर गिरिले एक झापड लगाउनु भयो प्रत्यक्षदर्शीले बताए ।

रक्सी खाएका मात्तिएका अधिकृत अनावश्यक धेरै बोलिरहेको भनेर मेयरले झापड हानेको स्थानीयले बताए ।

केही महिना अघि रक्सीले मात्त्तिएर नगरपालिकाका सामाजिक परिचालकहरुलाइ समय भन्दा ढिला आउने भन्दै अनावश्यक दुख दिने उठबस गराउने गरेका प्रशासकिय अधिकृतले रक्सी खाएकै समयमा कुटाइ खाएका छ्न ।

कर्मचारीलाई पटक पटक अपशब्द बोल्ने गरेका मेयर गिरिले कर्मचारी कुटेको यो पहिलो घटना चाहिँ होइन यो मात्र नभई गिरि विभिन्न घटना संग जोडिएर विवादमा आइरहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?