
सुनवल।महाकवि देवकोटा नमूना माध्यमिक विद्यालयको अभिभावक भेलामा गणपुरक सख्या अपुग भएपछी भेला स्थगित भएको छ।विद्यालयले फाल्गुन ११ गतेका लागि बोलाएको भेला राजनीतिक दलहरुको द्वन्दका कारण भेला स्थगित भएको हो।
विद्यालय व्यवस्थापन समिति गठनमा उत्पन्न विवादले राजनीतिक गतिविधि र असहमतिको वातावरण सिर्जना गरेको छ।विभिन्न समयमा परेका व्यवथापन समिती गठन विषयमा परेका मुद्दामा फाल्गुन ५ र ९ गते उच्च अदालतको आदेश अनुसार अभिभावक भेलामा कुनै पनि असर पार्ने कार्य नगर्न नगराउन निर्देशन दिइएको थियो। तर, नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपाले भेला स्थगित गर्न दबाब दिएका थिए। अर्कोतर्फ नेपाली कांग्रेस, माओवादी केन्द्र, रास्वपा, नेकपा (माले) लगायत दलहरूले अदालतको आदेश पालना गर्दै अभिभावक भेला गराउन माग गरेका थिए जसका कारण राजनीतिक द्वन्द्व चर्किएको हो।
यता आइतबार बोलाइएको भेलामा विद्यालयमा रहेका १ हजार ६ सय ८१ जना रहेका अभिभावक मध्य ३ सय ९७ जना मात्र उपस्थित भएका थिए।विद्यालय व्यवस्थापन समिति गठनका लागि ५० प्रतिशत अर्थात कम्तीमा ८ सय ४१ जना अभिभावकको उपस्थिति आवश्यक पर्ने भए पनि त्यो संख्या नपुगेपछि भेला स्थगित गर्नुपरेको हो।विद्यालयमा व्यवथापन समिति रिक्त रहेको र आइतबारको भेलामा अभिभावक गणपुरक सख्या नपुगेकोले दोश्रो भेला पुनःफागुन १३ गते मंगलबारलाई बोलाएको विद्यालयका प्राध्यानाधापक खेमलाल शर्माले बताए।
विद्यालयको व्यवस्थापन समितिमा गठनमा देखिएको राजनीतिक दलहरू बीचको द्वन्द्वका कारण विद्यालयको शैक्षिक वातावरण प्रभावित बनेको छ जसले गर्दा अभिभावक र सरोकारवाला पक्षलाई चिन्तित बनाएको छ।