ट्रेन्डीङ्ग

रोहिणी गाउँपालिकाका अध्यक्ष चड्ने गाडी तोडफोड

रुपन्देही।रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादव चढ्ने गाडीमा तोडफोड भएको छ।बिहीबार राति अज्ञात समूहले यादवको गाडी तोडफोड गरेको इलाका प्रहरी कार्यालय धकधईले जनाएको छ।

इलाका प्रहरी कार्यालय धकधईका प्रमुख एवम् प्रहरी निरीक्षक श्याम प्रसाद यादवका अनुसार रोहिणी-३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासको कम्पाउन्ड भित्र पार्किङ गरी राखिएको लु १ झ ३९५ नम्बरको महिन्द्रा स्कर्पियो गाडीमा ढुंगा प्रहार गरिएको हो।

तोडफोडबाट गाडीको अगाडिको सिसा र दायाँ साइडको सिसा फुटेको प्रहरीले जनाएको छ। गाडीबाट ढुंगा बरामद गरिएको छ। घटनाको अनुसन्धान भइरहेको उनले बताए।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal