ट्रेन्डीङ्ग

तेस्रो स्मृति कपको उपाधी मोनिस्टर गाइज सुनवललाई

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-३, किर्तिपुर युवा क्लबद्वारा आयोजित तेस्रो स्मृति कप ९ ए साइड खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी मोनिस्टर गाइज सुनवलले हात पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा मोनिस्टर गाइज सुनवलले अलपत्र गाइज वनकट्टीलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

विजेता टिम मोनिस्टर गाइजले एक लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टिम अलपत्र गाइज वनकट्टीले  पचास हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको क्लबका सचिव कर्ण बहादुर पुनले जानकारी दिए।

फाइनल खेलमा अलपत्र ग्रुप वनकट्टीका गोलरक्षक विश्वास ‘म्यान अफ द म्याच’ घोषित भए। मोनिस्टर गाइजका युगल थापा ‘सर्वोत्कृष्ट गोलरक्षक’ बन्न सफल भए भने सोही टिमका अनुप थापा ‘सर्वोत्कृष्ट डिफेन्डर’ घोषित भए।

त्यस्तै, राइजिङ स्टार युवा क्लब भूमहीका विनोद केवट ‘सर्वाधिक गोलकर्ता’ बनेका छन भने मोनिस्टर गाइजका जितेस गुरुङ ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए।

क्लबका अध्यक्ष दिपक श्रेष्टको अध्यक्षतामा सम्पन्न समापन समारोहमा बिजेता टिम,उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई लुम्बिनी प्रदेशका निवर्तमान मन्त्री एवं प्रदेश सांसद खडग बस्नेत, सुनवल नगरपालिका–३ का वडा अध्यक्ष पविन गुरुङ लगायतले शिल मेडल प्रमाण पत्र वितरण गरेका थिए।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?