ट्रेन्डीङ्ग

संकल्प बहुउद्देशीय सहकारीको अध्यक्षमा नरिश्वर पराजुली निर्वाचित

सुनवल।पश्चिम नवलपरासी सुनवल–१३ मा रहेको संकल्प बहुउद्देशीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा नरिश्वर पराजुली निर्वाचित भएका छन।भैरवी कृषि सहकारी संस्था लिमिटेड र कृषक जनशक्ति सहकारी लिमिटेडबीच एकीकरण पश्चात बनेको संकल्प सहकारीको प्रारम्भिक साधारण सभाले पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

निर्वाचित कार्यसमितिमा उपाध्यक्ष भविश्वर गौतम,सचिव डिल्लीराम सुवेदी, सहसचिव सुस्मा न्यौपाने पौडेल र कोषाध्यक्ष हर्कबहादुर पुन चयन भएको नवनिर्वाचित अध्यक्ष नरिश्वर पराजुलीले जानकारी दिए।त्यसैगरी सदस्यहरूमा क्रमसः डिलाराम तिवारी, जनकराज उपाध्याय, भानुभक्त गौतम, गीतादेवी काफ्ले, बिन्दु भण्डारी सुवेदी र लक्ष्मी ढकाल चयन भएका छन।खेमनारायण खनाल संयोजकत्वमा लेखा मिना पन्त र तिलप्रसाद भण्डारी चयन भएका छन।

सुनवल-१३ कार्यक्षेत्र बनाएर छुट्टाछुट्टै रूपमा सञ्चालन रहेका भैरवी कृषि सहकारी संस्था लिमिटेड र कृषक जनशक्ति सहकारी लिमिटेड संघीय सहकारी ऐन,सहकारी नियमावली,सुनवल नगरपालिकाको सहकारी ऐन र सहाकारी सस्था एकीकरण कार्यविधि अनुसार एकीकरणपछि संकल्प बहुउद्देशीय सहकारी संस्था लिमिटेड नामाकरण गरिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?