ट्रेन्डीङ्ग

रामनगर एकेडेमी र कृषि क्याम्पसले वार्षिकोत्सव मनाए, विद्यार्थीहरू पुरस्कृत

सुनवल।पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा रहेको रामनगर एकेडेमी र रामनगर कृषि क्याम्पसले वार्षिकउत्सव विभिन्न कार्यक्रम गरि मनाएका छन।एकेडेमिको १८ औँ र कृषि क्याम्पसको छैठौँ वार्षिकउत्सव विविध कार्यक्रम गरि मनाईएको क्याम्पस तथा विद्यालय कम्पनीका अध्यक्ष पेउनारायण न्यौपाने (प्रेम) ले जानकारी दिए । विद्यालयका बालबालिकाको प्रतिभा प्रस्फुटनका विभिन्न सांकृतिक तथा खेलकुदका कार्यक्रम गरेर वार्षिकउत्सव तथा अभिभावक दिवस मनाईएको न्यौपानेले बताए।

सो क्रममा सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालले विद्यालयले स्थानिय स्तरमा रोजगारी सृजना र शैक्षिक विकासमा महत्वपुर्ण योगदान पुर्याएको बताइन् । उनले सुनवल नगरपालिकालाई शिक्षाको हबको रुपमा विकास गर्न नगरपालिकाले योजना बनाएर अगाडी बढेको पनि उल्लेख गरिन।

रामनगर एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खरेलको अध्यक्षतामा भएको कार्यक्रममा सुनवल नगरपालिकाका उपप्रमुख सुर्य दुवे, शिक्षा अधिकृत पशुपती भट्टराई, निजि तथा आवासिय विद्यालय अर्गनाईजेशन प्याब्सन नवलपरासीका अध्यक्ष डम्बर गुरुङ, प्यासन सुनवल नगर अध्यक्ष चोलाकान्त रेग्मी, क्याम्पसका प्राचार्य पुष्पराज दुलाल, सामुदायिक रेडियो परासीका स्टेशन म्यानेजर बिकास अधिकारी,अभिभावक दामोदर लामिछाने लगायतले सम्बोधन गर्नुभएको विद्यालयका प्रिन्सिपल जनक अधिकारीले जानकारी दिए। वार्षिकउत्सवको क्रममा विभिन्न सांस्कृतीक प्रस्तुतीका साथै विभिन्न प्रतियोगितात्मक प्रतिस्पर्धामा विजयी भएका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो।

कक्षा दश सम्म अध्यापन हुदै आएको रामनगर एकेडेमीमा १ हजार ४ सय ६८ जना विद्यार्थी अध्ययन गर्दे आएका छन् भने कृषि क्याम्पसमा १ सय ३ जना विद्यार्थी अध्ययन गर्दे आएको प्रिन्सिपल अधिकारीले बताए। भविष्यमा कक्षा ११ र १२ पनि संञ्चालन गर्ने गरी योजना बनाएको बताउदै अध्यक्ष न्यौपानेले शैक्षिक गुणस्तर कायम गर्दे प्रविधिमैत्री शिक्षा दिनुपर्नेमा जोड दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?