ट्रेन्डीङ्ग

सुनवल सत्मार्ग बहुआयमिक समाजको अध्यक्षमा पुनःभिम वहादुर थापा निर्वाचित

सुनवल।सुनवल सत्मार्ग बहुआयामिक समाजको साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुन:भिम वहादुर थापा क्षेत्रको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको छ।

जसको वरिष्ठ उपाध्यक्षमा मोहन बहादुर कार्कि,उपाध्यक्षमा विष्णु प्रसाद न्यौपाने,सचिव मुरलीधर उपाध्याय गौतम, कोषाध्यक्ष यामलाल पाण्डे र सहसचिव समिक्षा सिंजापति निर्वाचित भएका छन।

त्यस्तै सदस्यहरुमा क्रमसः ईश्वरी भण्डारी, डिल्ली राज पाण्डे, कृष्ण वन्धु अर्याल, दिल कुमारी वुढा मागर, कुल प्रसाद भट्राई, सोम प्रसाद पौडेल, कुन्ता तिवारी, प्रदिप अर्याल, जिवन पौडेल, वालकृष्ण पौडेल र अस्मिता ढकाल निर्वाचित भएको निर्वाचन समिति संयोजक कृष्ण प्रसाद लामिछानेले जानकारी दिए ।

सुनवल सत्मार्ग वहुआयमिक समाजका अध्यक्ष भिम वहादुर थापाको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि सुनवल नगरपालिका नगरप्रमुख विमला अर्यालले सुवनवल विकासको लागी सुनवल नगरपालिका प्रतिवद्ध रहेको भन्दै सुनवल सत्मार्ग वहुआयमिक ध्यान केन्द्र निर्माणमा नगरपालिकाको पुर्ण रुपमा सहयोग रहने बताइन।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि जिल्ला सहकारी संघ तथा समाजका सल्लाहाकार विष्णु प्रसाद पौडेल,  महकवि देवकोटा क्याम्पसका अध्यक्ष तथा समाजका सल्लाहाकार कृष्ण प्रसाद लामिछाने, मुलपानि सामुदायिक वनका अध्यक्ष यज्ञ प्रसाद पाण्डे, वालव्यास श्रवण कुमार न्यौपाने  लगायतले मनतब्य राख्दै समग्र सुनवलको विकासमा कोशेढुगां सावित हुने सत्मार्ग बहुआयामिक समाजको विकासमा सवै एकजुट हुनुपर्ने बताए ।

साधारण सभा तथा प्रथम अधिवेशनमा अध्यक्षको प्रतिवेदन अध्यक्ष भिमवहादुर थापाले प्रस्तुत गरेका थिए ।त्यस्तै सचिवको प्रतिवेदन सचिव मुरली गौतम , कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष यामलाल पाण्डे र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समिति सांयोजक विण्णु पौडेलले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य समाजका वरिष्ठ उपाध्यक्ष मोहन वहादुर कार्किले गर्नुभएको थियो भने संचालन सचिव मुरली गौतमले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?