ट्रेन्डीङ्ग

युवा संगठन नेपाल बन्दिपुर गा.पा रोहितको संयोजकत्वमा १९ सदस्यीय गापा कमिटी चयन

तनहु संवाददाता ।
विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन,नेपालवतनहुँ जिल्लाको बन्दिपुर गाउँपालिकाको पालिका स्तरिय भेला रोहितको नेतृत्वमा १९ सदस्यीय कमिटी चयन गर्दै भेला सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सोही जिल्लाका ईन्चार्ज निशान र युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा गण्डक , धौलागिरी ब्युरो ईन्चार्ज, बिजयकुमार र युवा संगठन नेपालका केन्द्रीय सदस्य नेत्रको उपस्थिती रहेको थियो ।


उक्त भेलामा उपस्थित युवाहरु लाई आक्रोशित र सरल ढंगले प्रशिक्षित पार्दै संगठनका गण्डक , धौलागिरी ब्युरो ईन्चार्ज बिजयकुमारले भन्नू भयो।

बर्तमान दलाल पुजीवादी संसदीय ब्यवस्थाले दक्ष युवा जनशक्ति लाई बिदेशका गल्लि गल्तीमा बस्तुको भाउमा बेचेर, मरुभुमीमा मर्नु र बाच्नु बनायर, उनिहरुकै रगत पसिना मार्फत आर्जित रिमिट्यान्स लाई समेत दुरुपयोग गरेर दलालहरुले मुलुकमा रजाई गरिरहेको बतायका छन् । यो सबै समस्या तोड्नको निमित्त सबै युवाहरु एकीकृत जनक्रान्तिको झन्डा मुनि गोलबन्द भयर एक चोटी गर्जिने बेला आयको बतायका छन् ।


उक्त कार्यक्रम मै सोही जिल्लाका ईन्चार्ज निशानले भन्नू भयो। पटक पटक असफल शिद्द दलाल पुजीवादी संसदीय ब्यवस्थाको यो मुलुकमा खैरियत र भबिश्य नभएको र यो ब्यवस्थालाई जरैबाट उखलेर , युवाहरुको भाग्य र भबिश्य निर्धारण गर्ने एड्भान्स खालको ब्यवस्था बैज्ञानिक समाजबाद स्थापनाको बिकल्प नरहेको बताउदै कार्यक्रमको समापन सोही जिल्लाका जिल्ला सयोजक दृष्टिले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?