सुनवल।लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीले पश्चिम नवलपरासीको रामग्राममा गोली चलाएको छ । प्रहरीको गोलि लागेर रामग्राम नगरपालिका-१२,पचगाँवका राजेश लोनिया घाइते भएका छन।उनको खुट्टामा गोलि लागेको हो पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले जानकारी दिए।
विशेष सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट पश्चिम नवलपरासीको रामग्रामममा गएको टोलीमाथि आक्रमण भएपछि प्रहरीले गोली हानेर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हाे।
प्रहरी नायव निरीक्षक सागर भट्टराईको कमाण्डमा खटिएको टोलीले रामग्रामको पचगाँवमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण भएको प्रहरी भनाइ छ।प्रहरीलाई आक्रमण गरेर भाग्न थालेपछि प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको जनाएको छ।
लागु औषध किनबेचमा संलग्न रहेका १ जना ब्यक्ति फरार रहेको ९३ पुरिया (ब्राउन सुगर जस्तो देखीने धुलो पदार्थ) लागु औषध नियन्त्रणमा लिएको प्रहरीको भनाई छ।
प्रहरी टोलीमाथि आक्रमण गरेर भाग्न थालेपछि प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको र घाइतेको अवस्था सामान्य रहेको जनाएका छन । उनले घटनाको प्रकृति हेरेर थप अनुसन्धान भइरहेको बताए।