सुनवल।नवलपरासी (ब.सु.प) समाज,दक्षिण कोरियाको प्रथम अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले जिवन भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ।
जसको वरिष्ठ उपाध्यक्षमा रामबहादुर के.सी.,सचिवमा ईश्वर पौडेल,कोषाध्यक्षमा कमलप्रसाद रेग्मी र सहकोषाध्यक्षमा सुनिल क्षेत्री सह-सचिवमा विशाल न्यौपाने र दीपक भट्टराई भएको दिवस तिवारीले जानकारी दीए।
सदस्यहरुमा क्रमश:हरि घिमिरे,दिवस तिवारी,सुमन चापागाईं,रामु हुने ,द्रोण प्रताप के.सी. चयन भएका छन्।
नवलपरासीबासीहरूलाई दक्षिण कोरियामा एकताबद्ध गरी सहयोगात्मक वातावरण सिर्जना गर्ने समाजलाई सशक्त बनाउन विभिन्न गतिविधिहरू सञ्चालन गर्ने नवनिर्वाचित अध्यक्ष जीवन भण्डारीले बताए।
नारायण न्यौपानेको संयोजकत्वमा गरिएको कार्यक्रममा समाजको गठन, सदस्यहरूको औपचारिक चयन तथा आगामी योजनाका विषयमा महत्वपूर्ण छलफल गरिएको थियो।
अधिवेशनमा नवलपरासीका घर भई दक्षिणकोरियामा कार्यरत नवलपरासीबासीको उल्लेखनीय सहभागी रहेको थियो।
समाजको पहिलो बैठकले संरक्षकमा नारायण न्यौपाने र चुरामणि भण्डारीलाई चयन गरेको अध्यक्ष भण्डारीले जानकारी दिए।