ट्रेन्डीङ्ग

प्रथम जेनिथ कप: सम्झना एफसी सेमिफाइनलमा

पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा सम्झना युवा क्लब हर्दिया सेमीफाईनलमा प्रवेश गरेको छ ।

दोश्रो क्वाटरफाइनलमा खेलमा सम्झना युवा क्लबले सनराइज युवा क्लब बडेरालाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।

निर्धारित समयको खेलमा दुबै टोलीले उत्कृष्ट प्रदर्शन गरे तापनि कुनै पनि गोल हुन सकेन।त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।पेनाल्टी सुटआउटमा ५-३ गोलले हराउदै सेमिफाइनलमा प्रवेश गरेको हो।

आजको खेलमा सनराइज एफसीका सन्दिप केसी म्यान अफ द म्याच घोषित भए ।

तेस्रो क्वाटरफाइनल अर्थात भोलिको खेल बिगबुद्ध एफसी र सुनवल एफसीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?