सुनवल।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा रहेको ऐतिहासिक नन्दनताल संरक्षण र प्रवद्र्धन गर्न लागी पहल थालिएको छ ।पाल्हीनन्दन गाउँपालिकाले जिल्लास्थित सरोकावालाहरूसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी नन्दन तालको संरक्षण र ताललाई पुरानै स्वरुपमा फर्काउने सन्दर्भमा छलफल गरेको छ।
नन्दनताल अतिक्रमण हुदै तालको अस्तितत्वनै मेटिने खतरा उत्पन्न भएपछि सरोकारवाला संग छलफल गरेर संरक्षणको काम अगाडी बढाउन अन्तरक्रिया गरिएको पाल्हीनन्दन गाँउपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता दिपकले बताए।सो क्रममा बोल्दै सरोकारवालाहरूले तालको संरक्षण हुनुपर्ने विषयमा मतएक्यता जाहेर गर्दे स्थानिय तह सक्रिय हुनुपर्नेमा जोड दिएका छन।
प्रतिनिधि सभा सदस्य एव पूर्व मन्त्री धुब्रबहादुर प्रधानले नवलपरासीको पहिचान मेटिदै गएको भन्दै तालतलैया लगायतका अन्य सम्पदाको संरक्षण गर्दे जानुपर्नेमा जोड दिए। माथिल्लो तहका सरकारले चासो नदिएपनि स्थानिय तहले संरक्षण र प्रर्वद्धनको काममा अठोट गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए।जिल्ला विभाजनले त्रिवेणीधाम लगायतका स्थल नवलपरासीबाट विभाजित भएकाले अहिले जिल्ला भित्रै भएका सम्पदाको संरक्षण गरेर प्रसारप्रचार गर्नुपर्नेमा प्रधानको जोड थियो।
सो क्रममा पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंण्डेलले नन्दन ताल संरक्षणको विषय चुनौतिको रुपमा रहेको बताउदै यसलाई अवसरको रुपमा लिएर काम गर्ने हो भन्ने सम्भव भएको बताए।बहानाबाजि गर्ने हो भने अर्थ छैन् तर साँच्चै बनाउने हो भने स्थानिय तह कठोर बनेर निर्णय गरेर अगाडी बढ्न सक्नुपर्छ कंण्डेलले भन्ने।पुर्व स्थानियविकास राज्यमन्त्री घनश्याम यादवले नन्दन तालको संरक्षणमा सबै एकजुट बन्नुपर्नेमा जोड दिए।लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारले नन्दनतालको संरक्षण र प्रर्वद्धन गर्न सके पर्यटन विकासमा टेवा पुग्ने धारणा व्यक्त गर्दे प्रदेश सरकार संग पनि सहयोगको लागी पहल गर्ने आवश्वासन दिए।
सो क्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव, प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ,गाँउपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी,काग्रेसका विक्रम यादव,जसपा नेपालका धरेन्द्र यादव,राप्रपाका किरण प्रधान,रास्वपाका रवि पाण्डे, लोसपाका मुकुरजि गिरी,राधेश्याम सिंह सैथवार लगायत पत्रकार तथा सरोकारवालाहरुले आफ्नो धारणा राखेका थिए।
जिल्लाको हकुई र सनई गाउँको सिमाना रहेको नन्दन ताल झन्डै सय विगाहा क्षेत्रफलमा फैलिएको छ तर अहिले खेतिपाती हुदै जादा तालनै नामेट हुदै गएको छ।ताल मासिदै गएको विषयमा कुरा उठेपनि संरक्षणको ठोस काम हुन सकेको छैन् । केहि वर्ष अगाडी सम्म तालमा माछा पालन हुने गर्दथ्यो जसका लागी ठेक्का समेत आह्वान हुने गरेकोमा पछिल्लो समय तिव्र गतिमा ताल अतिक्रमण भएपछि अस्तीत्व संकटमा परेको छ।
गाँउपालिका अध्यक्ष गुप्ताले अब स्थानिय र पालिका स्तरमा थप छलफल गरेर संरक्षणको काम सुरु गर्ने बताए ।अन्तरक्रिया कार्यक्रममा पत्रकार बेचु गौड र रन्जित शर्माले तालको अवस्थाका सन्दर्भमा प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यक्रमको संञ्चालन सामुदायिक रेडियो परासीका स्टेशन म्यानेजर बिकास अधिकारीले गरेका थिए ।