ट्रेन्डीङ्ग

नेपाल महासंघ लुम्बिनी प्रदेश र जिल्ला शाखा नवलपरासी बिच अन्तरक्रिया

परासी।नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले महासंघ लुम्बिनी प्रदेशको कार्यसमिति संग अन्तरक्रिया गरेको छ ।  जिल्ला शाखा नवलपरासीको कार्यालय रामग्राम १२ शान्तीचौरमा आयोजित नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश र जिल्ला शाखा बिच सहकार्य गरेर पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने विषयमा छलफल भएको सचिव अनिल यादवले बताए।

सो क्रममा बोल्दै महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारको पेशागत मर्यादा वृद्धि गर्दे क्षमता विकास गर्न केन्द्रित हुने बताए।पत्रकारहरुलाई अप्ठ्यारो परिस्थीतिमा सहयोगी बन्ने गरी महासंघले काम गर्ने उहाँको भनाई छ।सो क्रममा महासंघका जिल्ला अध्यक्ष केशव पराजुलीले प्रदेश नेतृत्वलाई नवलपरासीका एतिहासिक तथा महत्वपुर्ण स्थलहरुमा बैठक बसेर प्रर्वद्धनात्मक कार्यक्रमका लागी आह्वान गरेका थिए।

महासंघका निर्वतमान अध्यक्ष हरि शर्माले विगतका अधुरा काम पुरा गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए। महासंघका जिल्ला उपाध्यक्ष बिकास अधिकारीले प्रदेश नेतृत्वलाई जिल्ला शाखालाई पनि सक्रिय बनाएर समेट्नुपर्नेमा जोड दिए।प्रदेशको नवनिर्वाचित कार्यसमितिले लुम्बिनी प्रदेशका सबै जिल्लामा पुग्नेगरी भेटघाटको कार्यक्रम तय गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?