ट्रेन्डीङ्ग

नवलपरासीका डिएफओमाथि सेवाग्राही महिलालाई दुर्व्यवहारको आरोप

परासी।डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका प्रमुख डिभिजन वन अधिकृत (डिएफओ) जीवन पंगेनीमाथि कार्यालयमा सामुदायिक वनसम्बन्धी कामका लागि आएका दुई महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ।

आदर्श सामुदायिक वन उपभोक्ता समूह सुनवल-४ की सचिव तेजकुमारी क्षेत्री र सामुदायिक वन उपभोक्ता महासंघ सरावलकी उपाध्यक्ष रानी कुँवरले पंगेनीले फरक-फरक समयमा आफ्नो कार्यकक्षमा अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेको बताएका छन्। उनीहरूले पंगेनीले जथाभावि गाली गर्दै अपमानजनक व्यवहार गरेको आरोप लगाएका छन।

सामुदायिक वन उपभोक्ता महासंघले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई भेटेर तत्काल दोषीमाथि कारबाही गर्न माग गरेको छ।

महासंघ नवलपरासीका अध्यक्ष शारदा पोखरेलले महिलामाथि पंगेनीले पटक-पटक यस्ता आपत्तिजनक व्यवहार देखाउँदै आएको भन्दै न्यायका लागि कडा कदम चाल्न आग्रह गरेकी छिन।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले घटनाको गम्भीरताबारे आवश्यक जाँचबुझ भइरहेको र दुवै पक्षसँग छलफल गरिने जानकारी दिइन।

डिएफओ पंगेनीले भने आफूले कुनै दुर्व्यवहार नगरेको दाबी गरेका छन।तर,नवलपरासी सरुवा भएर आएको छोटो समयमै उनी विभिन्न विवादमा मुछिँदै आएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?