बर्दघाट।समावेसी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका ब्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने मुलनाराका साथ ३३औं अन्तराष्ट्रिय अपाङ्गता दिवस पश्चिम नवलपरासीमा विभिन्न कार्यक्रम गरी मनाईएको छ।
सामुदायिक अपाङ्गता सेवा केन्द्र नेपाल बर्दघाटको आयोजना र बर्दघाट नगरपालिकाको आर्थिक सहयोग तथा अन्य सामाजिक संघ-संस्थाहरुको सहकार्यमा ३३औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको थियो।
सामुदायिक अपाङ्गता सेवा केन्द्र नेपाल बर्दघाटका अध्यक्ष रमेशकुमार श्रेष्ठको अध्यक्षता र बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले अपाङ्गता भएका ब्यक्तिहरुलाई नगरका कुनैपनि स्वास्थ्य संस्थाहरुमा निःशुल्क स्वास्थ्य उपचार र ल्याब परिक्षणको ब्यवस्था मिलाएको जानकारी गराउनु भएको थियो।उनले नगरमा अहिले ६ सय २ जना बिभिन्न खालका अपाङ्गताहरु नगरमा सुचिकृत गरी कार्ड वितरण गरीएको समेत बताए।
त्यसैगरी नगरले गत बर्ष अपाङ्गहरुका लागि बिभिन्नखालको सहयोग गरेको र यस बर्षपनि आवश्यकताका आधारमा दृष्टि विहिन खेलाडी तथा बिद्यार्थीहरु लगाएत सबैखालका अपाङ्गहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो।बर्दघट नगरपालिकाले प्रवाह गर्ने सेवामा अपाङ्ग,अशक्त र जेष्ठ नागरिकहरुको सहजताका लागि कार्यालयको शाखागत संरचना परिवर्तन गर्न लागिएको श्रेष्ठले बताए।
सोही कार्यक्रममा बोल्दै नगर उपप्रमुख रुद्रप्रसाद उपाध्यायले विकासका नाममा भौतिक निमार्णमा बढी जोड दिनेपरिपाटी रहेको भएपनि अब त्यसलाई सुधार गरेर मानिसको बौद्धिक र आर्थिक सुधारको विकास तर्फ लगानी गर्नु पर्ने तर्फ नगरको ध्यान केन्द्रित भएको धारणा राख्नु भएको थियो।सोही अनुसार गत बर्षदेखि नगरपालिकाले अपाङ्गहरुका लागि पनि स्वरोजगार मुखिकार्य को शुरुवात गरेको बताए।
सामुदायिक अपाङ्गता सेवा केन्द्र नेपाल बर्दघाटका कोषाध्यक्ष सुन्दर न्यौपानेको सञ्चालन रहेको कार्यक्रममा बोल्दै वडा नं. ४ का वडाध्यक्ष वेदविना तिवारीले अपाङ्गहरुले पनि सपाङ्ग सरह गरेकेहुदै र? भन्ने साहस सहित नगरको सहयोगमा उदाहरणीय कार्य गरेको प्रति आभार ब्यक्त गर्नु भएको थियो।
बर्दघाट-४ बाढीपिडीतमा रहेको साविक माकर गाविसको नवनिर्मीत भवनको सभाहलमा आयोजाना गरीएको ३३औं अन्तराष्ट्रिय अपाङ्गता दिवस कार्यक्रममा गत वर्ष सामुदायिक अपाङ्गता सेवा केन्द्र नेपाल बर्दघाटले सहयोग गरेको विउ पुजीलाई तिनगुणा बृद्धि गरेकाहरुलाई सम्मान र केहि अपाङ्गहरुलाई सहयोगी सामाग्रीहरु हस्तान्त्रण गरीएको थियो।