![](https://safalpost.com/wp-content/uploads/2024/11/IMG_9370-scaled.jpg)
परासी।पश्चिम नवलपरासी प्रहरीले तेह्र किलो ८ सय ८० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।
घरबाटै प्रतिबन्धित लागूऔषध गाँजा बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरीले कानुन बमोजिम खानतलासी गरी गाँजासहित महिलालाई नियन्त्रणमा लिएको हो।
प्रहरी निरीक्षक एवं जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका निमित्त सूचना अधिकारी नारायाण थापाका अनुसार रामग्राम नगरपालिका-१२ पचागावा कि ५० बर्षिय रेशमादेवी भरको घरलाई खानतलासी गर्दा जेब्रा झोलामा राखिएको पौने चौध किलो गाँजा बरामद भएको हो।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको टोलीले महिलाको घर खानतलासी गरेको हो । खानतलासीमा लागू औषध गाँजा बरामद भएपछि महिलालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
शुक्रबार जिल्ला अदालत पश्चिम नवलपरासीमा अनुसन्धानको लागि म्याद थप गराई अनुसन्धान कार्यलाई अगाडि बढाइएको प्रहरीले जनाएको छ ।