ट्रेन्डीङ्ग

दुर्घटना न्यूनीकरणका लागि स्लो बाइक रेश प्रतियोगिता

सुनवल।सम्भावित दुई पाङ्ग्रे सवारी दुर्घटना न्यूनीकरणका लागि स्लो रेस बाइक प्रतियोगिता पश्चिम नवलपरासीमा सम्पन्न भएको छ।सामुदायिक रेडियो परासीको १७औ वार्षिकोत्सव आयोजनामा सुनवल नगरपालिका-१३ सहिद स्मृति रंगशालामा उक्त प्रतियोगिता भएको हो।

कार्यक्रममा सहभागी ८० जना मध्येबाट  पहिलो चरणमा ८ टिममा विभाजन गरिएको थियो।८ टिममा सन्जु थापा, सन्तोष कुमार चौधरी,जोगिन्द्र चौधरी धर्मेन्द्र चौधरी,धनीराम यादव र गौतम विश्वकर्मा स्लो बाइक रेसमा प्रथम भएका थिए।दोश्रो चरणमा ८ जना प्रथमको कडा प्रतिस्पर्धा गर्दा सुनवल-१३ का धर्मेन्द्र चौधरी प्रथम, सरावल-१ का  जोगिन्द्र चौधरी द्वितीय र रामग्राम-५ का सन्जु थापा तृतीयमा भएका हुन।प्रथम द्वितीय र तृतीयलाई क्रमशः १० हजार, ७  हजार र ४ तिन हजार नगद सहित प्रमाणपत्र उपलब्ध गराइएको कार्यक्रम संयोजक बिकास अधिकारीले जानकारी दिए।

सवारी चालक अनुमति पत्र नलिएरै मोटरसाइकल लगायतका अन्य यातायातका साधनहरू चलाउने र दुर्घटना बढी हुने भएकाले यस्ता खाले प्रतियोगिता गरे मात्र दुर्घटनामा कमी आउने कार्यक्रमका प्रमुख अतिथि एवम  लुम्बिनी प्रदेश सासद खड्ग बस्नेतको भनाई छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीले सहजीकरण गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal