ट्रेन्डीङ्ग

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो टी-२० आई सिरिजको उपाधि

काठमाडौं।नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ।दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जितेको हो।सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्‍यो।

नेपाल र अमेरिकाविरुद्धको दोस्रो टी-२० खेल सुपरओभरमा पुगेको थियो।नेपालले दिएको १७१ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउदै १७० रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो।सुपर ओभरमा अमेरिकाले दिएको ३ रनको लक्ष्य पछाएको नेपालले ४ बलमा नै पुरा गर्दै जित हासिल गरेको थियो ।

नेपालको जितमा सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका थिए । सोमपालले खेलको अन्तिम ओभरमा ७ रनलाई डिफेन्ड गर्दै खेललाई सुपर ओभरमा लागेका थिए भने सुपर ओभरमा उत्कृष्ट बलिङ गदै अमेरिकालाई केवल २ रन दिएर दुवै विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ६ विकेट गुमाउदै १७० रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले आक्रामक ब्याटिंग गर्दै ५४ बलमा अविजित ९२ रन बनाएका थिए । त्यस्तै अनिल शाहले २५, गुलशन झाले १९, कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए ।

त्यस्तौ अमेरिकाका बलर जसदीप सिंह र नोस्थस केन्जीगेले २-२ विकेट लिएका थिए भने सौरभ नेत्राभलकरले एक विकेट लिएका थिए ।

नेपालको यो जितपछि ३ खेलको सिरिज २-० ले जितेको छ र सिरिजमा कब्जा गरेको छ । अब सिरिजको अन्तिम खेल भोलि बिहान हुने तालिका छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal