सुनवल।पश्चिम नवलपरासीको सुनवलमा तमु सांस्कृतिक प्रतिष्ठान नेपालले छात्रावृत्ति वितरण गरेको छ।पश्चिम नवलपरासी,पूर्वी नवलपरासी र रुपन्देहीका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत १५विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो।
छात्रवृत्ति प्राप्त गर्नेहरूमा रुपन्देहीका देवदह माविकी सिवानी गुरुङ्ग, युग ज्योति माविकी दीपिका गुरुङ्ग,कालिका मानव ज्ञान माविकी सर्बी गुरुङ्ग र भविष्य निर्माण माविकी प्रीति गुरुङ्ग रहेका छन।त्यसैगरी नवलपरासीका रमवापुर माविका नेत्रबहादुर गुरुङ्ग,महाकवि देवकोटा नमूना माविका युदिप गुरुङ्ग, लुम्बिनी माविका मान्वी गुरुङ्ग,चित्रबहादुर गुरुङ्ग र एलिजा गुरुङ्ग,भगवती माविका भूमिका गुरुङ्ग र विन्दु गुरुङ्ग र ज्योति माविका किस्मत गुरुङ्गले छात्रावृत्ति प्राप्त गरेका थिए।साथै नवलपरासी बसुपूका भानुदय मावि दुम्किबासका आश्थिका गुरुङ्ग तथा सुवास गुरुङ्ग र यादव मावि, मध्यविन्दु १२ की मिस्सु गुरुङ्गलाई छात्रवृत्ति प्राप्त गरेका छन।छात्रवृत्ति प्राप्त गर्नेलाई जनही ८ हजारको दरले १ लाख २० हजार रुपैया छात्रवृत्ति वितरण गर्दै उपाध्यक्ष डम्बर गुरुङले आगामी दिनमा अझै थप रकमसहितका छात्रवृत्तिलाई निरन्तरता दिने बताए।
छात्रवृत्ति प्राप्त गर्न छनौटमा परिक्षामा सहभागी हुनु पर्छ।छनौटमा परेका प्रत्येक विद्यार्थीले कक्षा ९-१२ सम्म निरन्तर चार वर्षसम्म जनही रु। ३२,०००- छात्रवृत्ति पाउनेछन।हालसम्म नवलपरासीका १९ जना विद्यार्थीहरुले उक्त छात्रवृत्ति प्राप्त गरिसकेका छन।यो पटकको गरी पाँचौं समूहलाई छात्रवृत्ति प्रदान गरिएको हो।
छात्रवृत्ति अक्षयकोष दाताहरुमा डा शेष घले/जमुना घले, तमु धीं युके, तमु समाज बेल्जियम,अरुण चौधरी,दिलीप तमूहेमा तमू, प्रितम तमू/राजकुमारी तमू, तारा तमू,भरत तमू रहेका छन्।यसैगरी,अन्य अक्षयकोष दाताहरूमध्ये आश तमू, जगन तमू राजकुमारी तमू, पवश्रीमनवीरकेशुमनमाया स्मृति र खुशीमानमीना तमू रहनु भएका छन्।
संस्थाका संस्थापक सदस्यहरुद्वारा अक्षयकोष स्थापना गरी शुरू गरिएको छात्रवृत्ति वितरण कार्यक्रममा गुरुङ्ग समुदायका दाताहरू यस कार्यक्रमको मुख्य श्रोत हुन।शैक्षिक चेतनाबाट व्यवस्थित र समृद्ध जीवन सम्भव हुने सोंचले “उच्च शिक्षा, हाम्रो लक्ष्य” भन्ने मूल नाराकासाथ यस वर्ष मात्र १८४ जना विद्यार्थीलगायत हालसम्म नेपालका २६ जिल्लाका २८७ जना विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गरिसकेका संस्थाका अध्यक्ष चित्र गुरुङ्गले जानकारी दिए ।
संस्थाका उपाध्यक्ष डमर तमूको अध्यक्षता, आजीवन सदस्य भीम तमूको आतिथ्यता र आजीवन सदस्य पुराना गुरुङ्गले सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा लुम्बिनी मा वि, सुनवलमा विव्यस अध्यक्ष गंगा बहादुर तमू, सुनवल मा।वि।का सहायक प्रधानाध्यापक चित्रबहादुर तमू, लुम्बिनी मा।वि।का सहायक प्रधानाध्यापक सुशील तमू, भगवती मा। वि।का शिक्षक मुनाल तमू, अभिभावक लौमाया तमू, कालिका मानवज्ञान, बुटवलका विद्यार्थी सर्बी तमूले तमू साँस्कृतिक प्रतिष्ठान नेपालको प्रभावकारी योगदान, यसले तमू विद्यार्थी र समुदायमा पारेको सकारात्मक प्रभाव तथा शैक्षिक गुणस्तर पुर्याएको योगदानको बारेमा चर्चा गरिएको थियो।
नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं, जिल्ला कार्य समितिको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा तमू जनप्रतिनिधि तथा अगुवाहरूको उपस्थिति रहेको थियो ।