सुनवल।ज्यामिरे सामुदायिक वन उपभोक्ता समुहको १५औं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ।ज्यामिरे सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष टिचन गुरुङको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वगृहमन्त्री राज्यमन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा १५ औं साधारणसभा तथा तेस्रो अधिवेशन रुपन्देहीको खैरेनिमा सम्पन्न भएको हो।
प्रमुख अतिथि कण्डेलले वन जंगलमा डोजरे बिकासले गर्दा हाल देशमा विपत्ति आएको बताए । वन क्षेत्र सहित नदिनालाको अतिक्रमणले गर्दा धेरै धनजनको क्षती भएको बताउदै वन सहित खोला संरक्षणको उचित संरक्षण आजको आवश्यकता रहेको बताए।
त्यसैगरी वरिष्ठ अतिथि सुनवल नगरप्रमुख बिमला अर्यालले नगरले एक वन एक उद्दम निति लिएको बताउदै वनले उत्पादनमा जोड दिएर अगाडि अगाडि बढ्न आग्रह गरिन।
कार्यक्रममा सुनवल सव डिभिजन कार्यलय बरिस्ठ वन अधिकृत मरिच लामा, खानेपानी उपभोक्ता महासंघ लुम्बिनी प्रदेश अध्यक्ष थानप्रसाद गैह्रे,सामुदायिक वन उपभोक्ता समिति नवलपरासी अध्यक्ष शारदा पोखरेल,सामुदायिक वन उपभोक्ता समुहका केन्द्रिय सदस्य कमल परियार लगायतले बोलेका थिए।
अधिवेशनमा १७ लाख १७ हजार बराबरको आयव्यय प्रस्तुत गरिएको थियो।सुनवल नगरपालिका वडा-७ कार्यक्षेत्र रहेको यस वनले ४८३.०८ हेक्टर क्षेत्रफल फैलिएको वनमा ७ सय ५६ जना उपभोक्ता रहेको समुहकि सचीव पवित्रा पौडेलले जानकारी दिइन।