परासी।पश्चिम नवलपरासीको रामग्राम १२ पचगावामा छैटौं रामग्राम कप खुल्ला फुटवल प्रतियोगिता सुरु भएको छ।साझा युवा कल्ब रामग्राम १२ को आयोजनामा सुरु भएको प्रतियोगिताको सोमबार कार्यक्रमका बिच रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले उद्घाटन गरेका थिए।
प्रतियोगिताको सोमबार भएको उद्घाटन खेलमा हटिअमवा युवा कल्ब रुपन्देहि बिजयी भएको छ । हटिअमवाले गैडाखाल युवा कल्ब सुनवललाई शुन्यका विरुद्ध एक गोलले हराएको छ।
दुवै टिम बिच कडा प्रतिस्पर्धा भएको थियो।खेलको अन्तिम मिनेटमा गैडाखालका खेलाडीले फल गरेपछि हटिअमवाले पाएको पेनाल्टीको अवसरलाई अजय पासिले गोलमा परिणत गरेपछि जित सुनिश्चित भएको हो।आजको खेलमा हटिअमवाका जर्सि नम्बर ३ का खेलाडी नितिन राज भण्डारी म्यान अफ द म्याच भएका छन।प्रतियोगिताको उद्घाटनका क्रममा बोल्दै नगर प्रमुख यादवले नगरपालिकाले यस्ता प्रतियोगितालाई प्रोत्साहन गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले खेलकुदमा आर्कषण वृद्धि गर्न स्थानिय स्तरमा आवश्यक रंगशालाको आवश्यकता पुरा गर्ने बताउदै जितपुरमा बन्दै गरेको रंगशाला यसै वर्ष पुरा हुने जानकारी दिए।
१८ टिम सहभागी प्रतियोगिताको विजेताले ५० हजार १ सय ५ रुपैयाँ र उपविजेताले २५ हजार एक सय ५ रुपैयाँ मेडल र कप पाउने कल्बका अध्यक्ष देवनारायण लोनियाले जानकारी दिए।