ट्रेन्डीङ्ग

चौथो इस्लामपुर कप क्रिकेटको उपाधी रक ११ वालिङलाई

गोपीकृष्ण रेग्मी चैत १८ स्याङ्जा। रामपुरमा जारी चौथो इस्लामपुर कप क्रिकेट प्रतियोगिताको उपाधी रक ११ वालिङले हात पारेको छ । गत चैत १२ गते देखि सन्चालन भएको क्रीकेट प्रतियोगिताको बुधबार दिउँसो भएको फाईनल खेलमा न्यू क्रियटिभ युथ क्लव वालिङलाई नौ विकेटले पराजित गर्दै रक ११ वालिङले उपाधी जितेको हो ।

रामतुलसी माविको खेल मैदानमा भएको खेलमा टस जिटेर व्याटिङ्ग रोजेको न्यू क्रियटिभ युथ क्लवले ७ विकेट गुमाउँदै रक एक्सआईलाई १ सय ३८ रनको टार्गेट दिएको थियो । लक्ष्य पछ्याएको रक 11वालिङले निर्धारित १५ ओभरको खेलमा १४ ओभरमा १ विकेट गुमाउँदै 11वालिङले लक्ष्य भेटाएको थियो ।

ईस्लामिक सक्रिय युवा समाज रामपुरद्वारा आयोजित चौथो इस्लामपुर कप क्रिकेटको १३ समुहको सहभागीता रहेको प्रतियोगितामा रामपुर नगरपालिका ८ ले फियर प्ले अवार्ड प्राप्त गरेको छ । प्रतियोगितामा वेष्ट बलर न्यू क्रियटिभ युथ क्लव वालिङका खगेन्द्र थापा, वेष्ट व्याट्सम्यान एवं म्यान अफ दि सिरिज न्यू क्रियटिभ युथ क्लवका आश्विनी राना र इमर्जिङ्ग प्ले अवार्ड वडा नं. ८ का पूर्ण घर्तीले प्राप्त गरेका छन । प्रतियोगिताका विजेताले नगद १ लाख राशी, उपविजेताले नगद ५० हजार र फियर प्ले अवार्ड विजेताले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

“खेल क्षेत्रमा रामपुरको पहिचान, प्रवद्र्धन साथै खेलाडीहरुको उत्पादन” भन्ने नाराका साथ भएको प्रतियोगिता सम्पन्न भए संगै विजेतालाई एक समापन समारोहका विच पुरस्कार प्रदान गरिएको थियो । जिल्ला क्रिकेट संघ पाल्पाका अध्यक्ष एवं लुम्बिनी प्रदेशका कोषाध्यक्ष राजेश श्रेष्ठले पुरस्कार प्रदान गर्नु भएको थियो । विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै श्रेष्ठले क्यान आफै आर्थिक समस्यामा रहे पनि रामपुर क्षेत्रको क्रिकेटको विकासको लागि आफु प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले क्रिकेटको विकासको लागि टेनिस संगै अब ड्युज बलको प्रयोग तर्फ जानु आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय क्लवहरुले व्यवस्थापन गरेमा १५ दिनको लागि प्रशिक्षक पठाउने प्रतिवद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष समसुल हकमियाँले रामपुर क्षेत्रमा क्रिकेटको उत्थानमा इस्लामिक सक्रिय समाजको भुमिका अग्रभागमा रहेको बताउनुभयो । समाजसेवी हमिद अली मियाँले खेलको विकास बाट युवाहरुलाई सक्रिय बनाई समाज रुपान्तरणमा सहज हुने बताउनुभयो । कार्यक्रममा रामपुर फिटनेश क्लवका सञ्चालक ल्याक्सी श्रेष्ठले विगतको तुलनामा खेल क्षेत्रमा अझै पनि विकास हुन नसकेको बताउनुभयो । ईस्लामिक सक्रिय युवा समाजका अध्यक्ष ल्याकट अलीको अध्यक्षतामा भएको कार्यक्रम प्रचार प्रसार संयोजक रहिम मियाँको स्वागत र सचिव अमिन शेखको सञ्चालनमा भएको हो । कार्यक्रममा प्रतियोगितामा सहयोग गर्ने व्यक्तित्वहरुलाई क्लवले सम्मान गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal