२० औँ एशियाली कराँते च्याम्पियनशिपमा कराँते खेलाडी एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी छिन। चीनमा आइतबार सम्पन्न ६८ किलोग्राम माथिको तौल समूहको फाइनलमा एरिका भियतनामकी एनगोवान नुगेनसँग पराजित भइन् ।
एरिका भियतनामकी एनगोवान नुगेनसँग पराजित भए पनि उनले जितेको रजत पदक नेपालको लागि ऐतिहासिक पदक हो । तर उनले स्वर्णपदक जित्ने ठूलो मौका गुमाएकी छिन् । एशियन कराते फेडरेसनले आयोजना गर्ने एशियन च्याम्पियनशिपमा नेपालले जितेको यो पहिलो पदक हो ।