
परासि।नेपाल ट्रेड युनियन पश्चिम नवलपरासीद्वारा संचालित अनौपचारिक सिकाई केन्द्रको बारेमा अन्तरक्रिया भएको छ।
नेपाल ट्रेड युनियन पश्चिम नवलपरासीका अध्यक्ष ज्ञानहरी अर्यालको अध्यक्षता तथा प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवको प्रमुख आतिथ्यतामा अन्तरक्रिया सम्पन्न भएको हो।
गरिव मजदुरका ४५ जाना बाललबालिकाले शिक्षालाई केन्द्रबाट पठनपाठन गरेका छन।
अनुगमनमा पश्चात गरिएको अन्तरक्रिया कार्यक्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेसका उपमहासचिव एबम जिलाफका फोकल पर्सन देवदत्त बडु,नेपाल सरकार शिक्षा मन्त्रालयका वरिष्ठ अधिकृत तथा अनौपचारिक शिक्षाका रास्ट्रीय संयोजक बैकुण्ठ आचार्य,जिलाफका नेपाल प्रतिनिधि लक्ष्मण शाही नेपाल ट्रेड युनियन काङ्ग्रेसका प्रदेश अध्यक्ष काजिमान श्रेष्ठ,प्रदेश सचीव सदानन्द गुप्ता,जिल्ला उपाध्यक्ष संजय श्रेष्ठ लगायत अभिभावक विद्यार्थीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रमको संचालन शिक्षिका बिमला चौधरीले संचालन गर्नुभएको थियो ।