ट्रेन्डीङ्ग

पत्रकार महासङ्घको चुनावी कार्यतालिका सार्वजनिक : असोज १२ गते निर्वाचन गर्ने

काठमाण्डाै।नेपाल पत्रकार महासङ्घको चुनावी कार्यतालिका सार्वजनिक भएको छ ।आउँदो असोज १२ गते निर्वाचन गर्ने गरि कार्यतालिका सार्वजानिक भएको छ ।

महासङ्घको निर्वाचन समितिले हिजो बेलुका सार्वजनिक गरेको कार्यतालिका अनुसार नामावली प्रकाशन भएको छ भने असोज ४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि केन्द्रीय समितिका लागि मनोनयन दर्ताको समय निर्धारण गरिएको छ।

यस्तै उम्मेदवारको नामावली प्रकाशन असोज ४ गते बेलुका ५ बजे हुनेछ।उम्मेदवारमाथि दाबी विरोध असोज ४ गते बेलुका ५ बजेदेखि असोज ५ गते दिउँसो २ बजेसम्म रहेको छ।उम्मेदवारले नाम फिर्ता लिने समय असोज ४ गते बेलुका ५ बजेदेखि असोज ५ गते ४ बजेसम्म रहेको छ । उम्मेदवारको अन्तिम नामावली असोज ५ गते बेलुका ६ बजे प्रकाशन हुनेछ।

कार्यतालिकाअनुसार प्रदेश समितिको मनोनयन दर्ता असोज ८ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहेको छ।संस्थागत समिति, जिल्ला शाखा र प्रतिष्ठान शाखामा मनोनयन दर्ता असोज १० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहेको छ।

कार्यतालिकाअनुसार मतदान असोज १२ गते बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म हुने र मतगणना पनि मतदानको काम सकिएलगत्तै हुने निर्वाचन समितिले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal