ट्रेन्डीङ्ग

उपसभामुख रानालाई हटाउने सत्तापक्षको तयारी

काठमाडौ।उपसभामुख इन्दिरा राना मगरले ‘पदअनुकूल आचरण नगरेको’भन्दै सत्तारूढ दलहरूले उनलाई हटाउने तयारी गरेका छन।त्यसका लागि सत्तारूढ दलका सांसदहरूले हस्ताक्षर सङ्कलन गरेका छन।

उपसभामुखविरुद्ध हस्ताक्षर सङ्कलन भएको सूचना पाउनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले हिजो बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । लामिछानेले सत्तारुढ दलका सांसदबाट उपसभामुखलाई राजीनामा दिन दबाब दिएकोबारे प्रधानमन्त्रीको धारणा बुझ्न खोजेका थिए ।

प्रधानमन्त्री ओलीले भने संसदमा उठेको विषय त्यहीँ निराकरण हुने जवाफ दिएका छन।उपसभामुखले सकभर राजीनामा दिएर मार्गप्रशस्त गराउने सत्तारुढ दलहरूको प्रयास रहेको बुझिएको छ।तर उपसभामुख भने राजीनामा दिने मनस्थितिमा छैनन।

उपसभामुखले मार्ग प्रशस्त नगरेमा उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सत्तापक्षको तयारी छ।यसबारे थप रणनीति बनाउन कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ।

उपसभामुखले पद अनुकूलको आचरण नगरेमा एक चौथाइ सदस्यले संसद प्रस्ताव दर्ता गर्न सक्ने र पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा पदमुक्त हुने संवैधानिक व्यवस्था छ।संवैधानिक परिषदको अंकगणितलाई मध्यनजर गरेर सत्तापक्षले उपसभामुख रानामाथि निसाना साँधेको टिप्पणी भइरहेको छ।

यस अघि उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरेर भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई लेखेको पत्र बाहिरिएको थियो । पत्र गएको साउन पहिलो हप्ता सार्वजनिक भए लगत्तै त्यसैबेला पनि संसदमा यो विषय उठेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal