ट्रेन्डीङ्ग

रामग्राममा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

रामग्राम।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-११ को भित्री सडकमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। उपचारका क्रममा सुनवल नगरपालिका-९ स्वाठीका २६ बर्षीय रामनाथ कंवरको मृत्यु भएको छ।

सुनवल नगरपालिका-११ र रामग्राम नगरपालिका-११ को सिमानामा फरौलिमा भित्री सडकमा राति १०:५० बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको लु १७ प ८७८८ नंको मोटरसाइकल अनियन्त्रित दुर्घटना हुदा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारि रेशम बोहोराले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका उपचारको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा ल्याइएको थियो।उपचारका क्रममा डाक्टरले  मृत घोषणा गरेको हो।

पोष्ट मार्टमका लागि मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal