ट्रेन्डीङ्ग

सहकारी ठगीको आरोपमा कांग्रेस उपसभापति गुरुङविरुद्ध उजुरी

सुनवल।नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएका छन ।

ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट उनले रकम अपचलन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सीआईबी)मा उजुरी परेको छ।

मितेरी बचत तथा सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र धनराजको विरुद्धमा सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सीआईबीमा उजुरी दिएका हुन।

धनराज र ज्योति श्रीमान-श्रीमती हुन।उनीहरुमाथि करिब १५ करोड रुपैया अपचलन गरेको आरोप छ।धनराज र ज्योतिले केहि समय अघि सम्बन्धविच्छेद गरेका छन। भने यहि विषय मिलाउन दुवैले सम्बन्ध विच्छेद गरेको हुनसक्ने अनुमान गरिएको छ।ज्योति अहिले सम्पर्कमा नरहेको बताइएको छ।

सहकारी छानविन बिशेष समितिले एक जना सहकारी सञ्चालक सँग बयान लिएपछि कांग्रेस उप-सपभापति एवं पूर्वमन्त्री धनराज र उहाँकी पत्नी ज्योती गुरुङले ठगी गरेको उजुरी प्राप्त भएपछि यो बिषय बाहिर आएको हो।

जाहेरीमा धनराज र पत्नी ज्योतीले १४ करोड ८१ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ।सो रकम धनराज दम्पत्तिले ज्योतीकुमार भण्डारीलाई बैंकक पठाएको तथ्यसमेत बाहिर आएको छ।सहकारीका अध्यक्ष कम्भराजका अनुसार धनराज पत्नी ज्योतीले सो रकम ठगी गर्नुभएको हो।

धनराज आफै साँक्षी बसेर रकम ठगीमा सघाएको उहाँको भनाई छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal