भुमही।जनता सम्झौता बचत तथा ऋण सहकारी सस्था लिको चौथो साधारणसभा सम्पन्न भएको छ।साकोसाका अध्यक्ष डोलराज भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य एव पर्यटन,उद्योग तथा सहकारी पुर्व मन्त्री खडग वस्नेत प्रमुख आतिथ्यतामा भुमहिमा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वस्नेतले सहकारिले बचत र ऋण दिने मात्र नभैइ सेयर सदस्यलाई उद्द्मशिलता संग जोड्न आवश्यक रहेको बताए।पुर्व मन्त्री तथा लुम्बिनी प्रदेस सभा सदस्य बस्नेतले सेयर सदस्यलाई उद्यमी बनाउन सकेमात्र देश आर्थिक रुपले सवल बन्नेमा जोड दिए।
कार्यक्रममा सुनवल नगरपालिका आर्थिक शाखा प्रमुख खेमराज ढकाल,सुनवल नगरपालिका कार्यपालिका सदस्य भगवती बस्याल,जिल्ला बचत तथा ऋण सहकारी नवलपरासीका सचिव रमेश कर्माचार्य,लुम्बिनी सुनवल साकोस अध्यक्ष लेखनाथ खरेल लगायतले बोलेका थिए।
सहकारीले ४७ लाख ७ हजार शुद्व नाफा गरेकाे उपाध्याक्ष भोला पराजुलीले जानकारी दिए।सहकारीको पुँजी १२ कराेड ९७ लाख रहेकाेमा ११ करोड ९ लाख ऋण लगानीमा रहेको पराजुलीले बताए।
सस्थाले उत्कृष्ट शुझाव कर्ता, दैनिक बचत कर्ता,समुह,व्यवसायी जेष्ठ सदस्य,मासिक बचत कर्ता,असल सेवा ग्राही,पुर्व व्यवस्थापक सहित कर्मचारीलाई सम्मान गरेको थियो। सस्थाले कर्मचारीलाई २ लाख र सेयर सदस्यलाई १ लाख बराबरको दुर्घटना विमा समेत लागु गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए।
सुनवल नगरपालिका कार्यक्षेत्र रहेको सहकारीको भुमहीमा मुख्य कार्यलय र जर्गाहामा सेवा केन्द्र सन्चालनमा रहेको छ सस्थाकी सचिव देवकला खानाले जानकारी दिइन।
सस्थामा हालसम्म १ हजार ८ सय ३० सेयर सदस्य रहेकोमा जसमध्ये ५ सय ७० पुरुष र १ हजार २ सय ६० महिला रहेका छन।