ट्रेन्डीङ्ग

लागुऔषध सहित परासीबाट दुई जना पक्राउ

सुनवल।पश्चिम नवलपरासीको रामग्रामबाट प्रहरीले लागुऔषध सहित दुई जना युवालाई पक्राउ गरेको छ।रामग्राम नगरपालिका वडा नम्बर ४ मा लु ४५ प ९०९८ नम्बरको मोटरसाईकल खानतलासी गर्दा लागु औषध फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहोराका अनुसार पक्राउ पर्नेमा सुनवल नगरपालिका-३ का ३८ वर्षका केशब श्रेष्ठ र प्रशान्त गुरुङ्ग रहेका छन।उनीहरुको साथबाट नाईट्रोभेट ३० ट्याब्लेट, स्पास्मो १ सय ८० क्याप्सुल,

ओनोरेक्स २ बोटल र मोटरसाईकल बरामद भएको हो। पक्राउ परेका ब्यक्तिलाई जिल्ला अदालत परासीमा मुद्दा दायर गरेर सात दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

साउन १ गतेदेखि भदौ ११ गतेसम्म लागु औषध सहित नवलपरासीका ९ जना र रुपन्देही जिल्लाका २ जना गरि रहेका ११ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal