ट्रेन्डीङ्ग

जेष्ठ नागरिक संरक्षण अक्षकोष स्थापनार्थ सुनवलमा जन्माष्टमी पुजा कार्यक्रम शुरु

सुनवल।सुनवलमा जेस्ठ नागरिक सरक्षण स्थापनार्थ श्रीकृष्ण जन्माष्टमी पुजा समारोहको सुभारम्भ भएको छ।प्रतिनिधिसभा सदस्य पुर्व मन्त्री धुर्बबहादुर प्रधानले उदघाट्न गर्दै जेष्ठ नागरिक संरक्षणार्थ अक्षयकोष स्थापनाले महत्व राख्ने बताए।धार्मिक कार्यक्रमहरुले मौलाएको पश्चिमा सस्कृतिले पारेको प्रभावलाई समेत कम गर्ने प्रधानले बताए।

सुनवल सत्मार्ग बहुआयामिक समाज र श्रीकृष्णधाम बिकास समितिको संयुक्त आयोजनामा श्रीकृष्ण जन्माष्टमीका अवसरमा जेष्ठ नागरिक संरक्षणार्थ अक्षयकोष स्थापनार्थ ३ दिवसीय साङ्गितिक प्रवचन सहित महाआरती,भजन कृतन,कृष्णलिला र तिज गित प्रतियोगिता हुने आयोजकले जनाएको छ।

बिश्वकै अग्लो दामोदर स्वरुप कृष्ण मुर्ति अवस्थित सुनवल ४ श्रीकृष्ण धाममा मन्दिरमा आज भदौ ८ गतेदेखि १० गतेसम्म विभिन्न विद्यालय,आमा समूहद्वारा प्रभातफेरि,कलस यात्रा सहित शुभारम्भ भएको छ। ३ दिनसम्म चल्ने कार्यक्रममा अन्तरास्ट्रिय कथा वाचिका सुरक्षा आचार्यले कथा बाचन गर्ने छिन।

कृष्ण जन्माष्टमी पुजा व्यावस्थापन मुल समिती संयोजक मोहन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा महाकवि देवकोटा क्यामपसका अध्यक्ष कृष्णप्रसाद लामिछाने,सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य दुबे लगाएतले मन्तव्य दिएका थिए।कार्यक्रमको संचालन पुजा ब्यवस्थापन समितिका महासचिव मुरली गौतमले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?