
दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन।अपरान्ह १ बजे बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत पाएका हुन।आचार्यको पक्षमा ७० र विपक्षमा ११ मत परेको थियो।
एमाले-कांग्रेसको समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
उनलाई एमाले र कांग्रेस सहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी,जनमत पार्टी,जसपा,जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन।
एमालेका २९,कांग्रेसका २७,नागरिक उन्मुक्तिका ४,लोसपा र जनमतका ३–३,जसपाका २,जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्यीय प्रदेश सभामा आचार्यलाई ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिएका हुन।
त्यस्तै मुख्यमन्त्री आचार्यलाई माओवादी केन्द्र,राप्रपा,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएनन।प्रदेश सभामा माओवादी केन्द्रका ११,राप्रपाका ४ तथा एकीकृत समाजवादी र जनमोर्चाका एक एक सांसद छन।