ट्रेन्डीङ्ग

नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा कारमा सामान्य क्षति

चितवन।चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा कारमा सामान्य क्षति पुगेको छ।

ईच्छाकामना गाउँपालिका-५ पर्ने सो सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बीएडी ८३२२ नं. को कारमा बिहान ८ बजेको समयमा माथिबाट ढुंगा खसेको हो । प्रहरीका अनुसार कारमा सामान्य क्षति भएको छ भने अन्य केही भएको छैन।

कार भरतपुर महानगरपालिका-२ बस्ने सन्तोष कचिलाले चलाइरहेका थिए । अहिले सडक सञ्चालनमा छ।कार आफ्नो गन्तव्यतर्फ गइसकेको प्रहरीले जनाएको छ।गएरातिदेखि नै चितवनसहितका आसपासका क्षेत्रमा पानी परिरहेको छ।

सावधानी अपनाएरमात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।असार २८ गते पनि सोही सडकखण्डमा यात्रुवाहक बसमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal